राजनीति

गणतन्त्रको विरोध गर्नुको अर्थ छैन : सभापति देउवा



काठमाडौँ, ११ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विरोध गर्नुको अर्थ नभएको बताएका छन् ।

आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले भने,  ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।’ 

उने अहिलेको व्यवस्थाको विकल्प खोज्ने बेला नभएको पनि बताए । गणतन्त्र विरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् भन्ने प्रश्नमा सभापतिले देउवाले भने, ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौं।’