समाचार

ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु



बाँके, ११ मंसिर । ट्याङ्करको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका-१७ परस्पुर बस्ने १७ वर्षीया सालिनी पाठकको मृत्यु भएको छ । 

प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोझीमा ना.३ ख ८८५२ नम्बरको ट्याङ्करले भे.११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक उपचार पश्चात् डिस्चार्ज भएका छन् ।  ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रण लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।