समाचार

मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु



महोत्तरी, ११ मंसिर । महोत्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जलेश्वर नगरपालिका-१२ थरुवाहीस्थित मामाघर आएका धनुषा जनकपुर उपमहानगरपालिका-७ बस्ने रामेश्वर महतोको छोरा १५ वर्षीय रोहित महतोको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।