Banner News

दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सिकोलाबाट पठायो फिर्ता



काठमाडौँ, १२ मंसिर । गौशालामा हुन लागेको प्रदर्शनमा आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले फिर्ता पठाएको छ । पेप्सिकोला चोकमा रोकेर उनलाई ठिमी स्थित घरमा फिर्ता पठाइएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । 

गौशालामा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आजपनि प्रदर्शनको आयोजना गरेको छ । 

सोमबार गौशालामा झडप भएपछि प्रहरीले सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १५ जनालाई पक्राउ गरेको थियो ।