Banner News

एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत संकल्प यात्रा आजदेखि



काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान  ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि सुरू हुँदैछ ।

दार्चुलाको झुलाघाट अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको उद्घाटन गरेपछि एमालेको झण्डै २ हजार किलोमिटर लामो संकल्प यात्रा सुरू हुनेछ । अभियानको नेतृत्व अध्यक्ष ओलीले गर्नेछन्।

एमालेले उक्त अभियानलाई नागरिक र पार्टीबीच सम्बन्ध सेतुको रूपमा अर्थ्याएको छ। उक्त अभियानमा एमालेले आम नागरिकहरूको अनुभूति र अपेक्षा सुन्ने बताएको छ।

अभियानमा ठूला सभाहरू कम र  अन्तर्क्रिया, अन्तरसंवाद र व्यवसायी तथा स्थानीयस्तरका उद्यमीसँगको छलफललाई बढावा दिने एमालेको लक्ष्य छ। ठूला सभाहरू पनि एक डेढ  घन्टाको हुने बताइएको छ।