राजनीति

जसपाको तराई थरुहट राष्ट्रिय समितिमा सदस्यहरु मनोनयन



दाङ, १४ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको तराई थरुहट राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) मा सदस्यहरु मनोनयन गरिएको छ । बुधबार दाङमा बसेको बैठकले समितिको‌ उपाध्यक्षमा गुलाम हुसेन हलवाई र सदस्यहरुमा लालिमा मल्ल, नोयेन्द्र धिताल,मञ्जु रिजाल, विवेक मिश्र, प्रज्वल चौधरी, सफिक अहमद सिद्धिकी गुड्डु, तरुन्नुम बानो, भरतलाल चौधरी र ओम भगत चौधरीलाई मनोनयन गरेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेश समितिको आयोजनामा मंसिर १९ देखि सुरु हुने प्रशिक्षणमा समितिको तर्फबाट सहभागी हुने प्रतिनिधिको नाम छनौट, सदस्यहरुको मासिक लेबी, मातहतका जिल्लाको यथासिघ्र भेला गर्ने निर्णय गरेको बताइएको छ ।