राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक मङ्सिर १८ गते



काठमाडौँ, १४ मंसिर । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

महासचिव घनश्याम भुसालले आगामी मङ्सिर १८ गते बिहान ११ बजे ६९ औँ केन्द्रीय सचिवालय बैठक आह्वान भएको सूचना सचिवालय सदस्यहरूलाई पठाएका छन् ।

उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल गर्ने नेताहरूको तयारी छ ।  आगामी माघमा राष्ट्रिय महाधिवेशनको मिति तय भए पनि तयारी नपुगेको भन्दै अध्यक्ष माधवकुमार नेपालले महाधिवेशन सार्ने सम्भावना रहेको बुझिएको छ ।