Banner News

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा यस्तो छ समय तालिका



काठमाडौ १४ मंसिर। नेकपा एमालेले आजबाट १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान थालेको छ । आज बिहान साढे ८ बजे अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन्डोत्तोलन गरेर अभियानको सुरुआत गरेका हुन् ।
अभियानलाई ‘झुलाघाटचिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ भनिएको छ । अभियान उद्घाटन गर्दै ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पूरा गर्ने बताए ।
सङ्कल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरमुकाम गोठलापानीमा आयोजना गर्न लागेको आमसभालाई ओलीले सम्बोधन गर्नेछन् । अभियानको १९ औं दिन पुस २ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिने कार्यतालिका छ ।

अभियान टुंगाएर फर्किपछि पुस ५ गते काठमाडौंमा औपचारिकरूपमा यात्रा समापन भएका सूचना सम्प्रेषण गर्ने एमालेले जनाएको छ ।