राजनीति

ईयूको ‘कालोसूची’बाट हटेन नेपाल



काठमाडौँ, १४ मंसिर । इरोपियन युनियन (ईयू)ले हवाई सुरक्षा सूची (कालोसूची)बाट नेपाललाई नहटाउने भएको छ ।

ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको थियो । ईयूले पछिल्लोपटक बुधबार नेपाल प्राधिकरणलाई पत्र पठाउँदै यसपटक पनि कालोसूचीबाट हटाउन नसकेको जानकारी गराएको प्राधिकरणले जनाएको छ । ईयूले हरेक ६/६ महिनामा यस्तो सूची अद्यावधिक गर्दै आएको छ ।