Banner News

डडेलधुरा पुगेका ओलीद्वारा देउवालाई फोन (भिडियोसहित)



काठमाडौँ, १५ मंसिर । झुलाघाट–चिवा भञ्ज्याङ मध्यपहाडी सङ्कल्प यात्राको क्रममा डडेलधुरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले डडेलधुराबाटै कांग्रेस सभापति शेरबहादुर देउवासँग फोन वार्ता गरेका छन् । 

आज सामाजिक सञ्जालमार्फत फोन वार्ताको सानो अंश सार्वजनिक गर्दै ओलीले डडेलधुरा पुगेपछि देउवाको याद आएर फोन गरेको उल्लेख गरेका छन् । सो क्रममा ओलीले आफू डडेलधुरा पुगेको बताएपछि देउवाले गृह जिल्लामा स्वागत छ भनेका थिए । सार्वजनिक भिडियोमा ओलीले देउवासँग काठमाडौँतिरको हालखबर सोधेका छन् ।

https://www.facebook.com/watch/?v=995893648141105