समाचार

हत्या गरेको आरोपमा एक जना पक्राउ



काठमाडौँ, १७ मंसिर । नवलपरासी पूर्वमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।  

६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा मध्यविन्दु नगरपालिका–१०, टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रूपेशले कुचोको डाँठले हिर्काउँदा होमबहादुर गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पताल डन्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।