राजनीति

झलनाथ खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता



काठमाडौँ, १७ मंसिर । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले भेटवार्ता गरेका छन् ।

खनाल निवास डल्लुमा आज बिहान उनीहरूबिच शिष्टाचार भेटवार्ता भएको हो ।  भेटमा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्री  झलनाथ खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।