समाचार

अपाङ्ग दुई जना यात्रुलाई हवाई भाडामा ५०% छुट



काठमाडौँ, १७ मंसिर । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुहरूको लागि विशेष व्यवस्था गरेको छ ।

निगमको हरेक आन्तरिक उडानमा फर्स्ट कम फर्स्ट सर्भिस बेसिसको आधारमा दुई जना अपाङ्ग यात्रुलाई हवाई भाडामा ५०% छुट दिने निर्णय गरिएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उक्त सुविधाको लागि सम्बन्धित यात्रुले आफ्नो सक्कल परिचय पत्र सहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने उनको भनाइ छ ।