समाचार

आजको मौसम



काठमाडौँ, १८ मंसिर । हाल देशमा भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका केही भूभागमा बिहानै वर्षा भइरहेको छ । लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । केही भूभागमा हिमपात भइरहेको छ । 

आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहने छ । महाशाखाले देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ३९ मिनेट र सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ ।