Banner News

वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौँ : प्रधानमन्त्री दाहाल



काठमाडौँ, २० मंसिर । प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञान प्रविधि विकासका लागि सरकारले १ अर्बको कोष स्थापना गर्न वार्षिक कार्यक्रम समावेश गरिसकेको बताए ।

उनले भने, ‘विज्ञान तथा प्रविधि विकासका लागि नेपाल सरकारले १ अर्बको कोष स्थापना गर्न चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ । केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने नै छ ।’