Banner News

वर्तमान सरकारले छिमेकी मुलुकहरुसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैन : अध्यक्ष ओली



काठमाडौँ, २० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताएका छन् । 

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ  यात्राको क्रममा आज रुकुमपूर्वमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको दाबी समेत गरे । राष्ट्रिय हितको रक्षा, स्वाधीनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा सरकारले छिमेकी मुलुकहरुसँग कुरै गर्न नसक्ने बताए ।

अपराधीहरुलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समातीहाल्यो भने पनि माफी दिने काम सरकारले गरिरहेको अध्यक्ष ओलीको भनाई थियो ।