राजनीति

नेता बाँस्कोटाको संस्कृतिलाई प्रश्न: जेल कत्रो बनाउलान त अब ?



काठमाडौँ, ५ पौष । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद गोकुल बाँकस्कोटाले नेकपा माओवादी केन्द्र अरु कसैको लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने प्रमाणीत भएको दावी गर्नुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले त्रिस्चियन धर्म नमान्नेलाई हतकडी लगाएर जेल कोच्नुपर्छ भन्ने अभिव्यक्तिलाई जवाफ दिँदै नेता बाँस्कोटाले नेपालमा करिव ९८ प्रतिशतभन्दा बढी अन्य धर्म मान्ने भएकाले अब मन्त्रीले कत्रो जेल बनाउलान भनि प्रश्न समेत गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान त अब ? उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या (हिन्दु, बौद्ध, मुस्लिम आदी) करीब ९८% रहेछ । माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उघोग हो भन्ने फेरि प्रमाणित भयो।धर्म ब्यक्तिगत स्वतन्त्रता हो।तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान ।’