Banner News

म सबैको अभिभावक हुँ, सबै अस्तित्वको समान गर्छु : मन्त्री किराँती



काठमाडौँ, ५ पौष । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बुधबार एक कार्यक्रममा दिएको अभिव्यक्ति विवादमा परेपछि उक्त अभिव्यक्तिलाई थप प्रस्ट पारेका छन् ।

मन्त्री किराँतीले सामाजिक सञ्जालमार्फत संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्– ‘संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गरौँ ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने मेरो जोड हो, भन्नलाई त मलाई- पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने, फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।’