समाचार

कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त ७ वर्षपछि पक्राउ



काठमाडौँ, ५ पौष । कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त सात वर्ष पछि प्रहरीले पक्राउन गरेको छ ।

२०७४ पौष ३० गते मकवानपुर हाँडिखोला बडा नं. ६ घर भएकी वर्ष ५० की अप्सरा भन्ने नारायणी तिमिल्सिनालाई जिल्ला धादिङ मुलपानी गाविस वडा नं. ७ घर भएको वर्ष ४६ शिवराम अधिकारी र जिल्ला अर्घाखाँची सिमलपानी गाविस ५ घर भएको अंकित भन्ने जगत बिकलाई काठमाडौँ अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

विक काठमाडौँ महानगरपालिका वडा नं. १४ भुवनेश्वरी मन्दिर परिसर भित्र हत्या गरी फरार भएका थिए । उनलाई आवश्यक कानूनी कारवाहीको लागी प्रहरी वृत्त कालिमाटी पठाईएको प्रहरीले जानकारी दिएको छ ।