मनोरञ्जन

‘एनिमल’ बन्यो तेस्रो धेरै कमाउने हिन्दी फिल्म



काठमाडौँ, ६ पौष । रणवीर कपूर अभिनित फिल्म ‘एनिमल’ले प्रदर्शनको २० दिनमा भारतीय बक्सअफिसमा ५ करोड भारु कमाएको छ । बलिउड कमाइको ट्रयाकर सक्निल्कका अनुसार फिल्मको कूल कमाइ ५२८.६९ करोड भारु पुगेको छ ।

योसँगै ‘एनिमल’ले भारतमा सन्नी देओल स्टारर फिल्म ‘गदर २’ को कमाइलाई उछिनेको छ । ‘गदर २’ले भारतीय बक्सअफिसमा ५२५.४५ करोड भारु कलेक्सन गरेको थियो । हिन्दी संस्करणमा धेरै कमाउने फिल्मको शीर्ष स्थानमा ६४३.८७ करोड भारुसहित ‘जवान’ छ । दोस्रो स्थानमा रहेको ‘पठान’को कूल कमाइ ५४३.०५ करोड भारु छ । सूचीको तेस्रो स्थानमा ‘एनिमल छ’ छ ।