राजनीति

विदेशी सहयोगको सही सदुपयोग हुनुपर्छ : सभामुख घिमिरे



काठमाडौँ, ६ पौष । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगको सही सदुपयोग हुनुपर्ने बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । विदेशी संघसंस्थाले आफ्नो उद्देश्य पूरा गर्न सहयोगका कार्यक्रम ल्याउने क्रम बढेको भन्दै उनले यसको निगरानी हुनुपर्नेमा जोड दिए । उनले वैदेशिक सहयोगको सदुपयोग ठिक ढंगबाट गर्न आमजनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताए ।

देशको विकास गर्न विभिन्न वैदेशिक संघसंस्था, राष्ट्र र कार्यक्रममार्फत आइरहेका सहयोगलाई सरकारमार्फत संसद्मा पेस गर्नुपर्नेमा उनले जोड दिए । वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा संसद्ले प्रभावकारी निगरानी बढाउनुपर्ने उनले बताए ।