Banner News

राष्ट्रपतिद्वारा लोकतान्त्रिक गणतन्त्रलाई कुनै पनि आँच आउन नदिने प्रतिवद्धता



विराटनगर, ७ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई कुनै पनि आँच आउन नदिने बताएका छन् ।

आज नेपाल उद्योग परिसंघ कोशी प्रदेशले मोरङको विराटनगरमा आयोजना गरेको पदस्थापना तथा प्रजातन्त्र सेनानीहरूको सम्मान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले आफू पदमा रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै पनि आँच आउन नदिने बताएका हुन् ।

‘मेरो तागतले भ्याएसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै पनि आँच आउन नदिने प्रतिबद्धता व्यक्त गर्छु,’ उनले भने, ‘संविधानले दिएको भूमिका निष्ठा पूर्व निभाउने छु ।’

उनले अर्थतन्त्रमा देखिएको असरमा सरकारले चालेका केही कदमहरूको  सकारात्मक  प्रभाव परे पनि आर्थिक चलायमान भने नभएको बताएका छन् । सरकारले अर्थतन्त्रका विषयमा चालेका कदम तथा नीतिहरूमा निजी क्षेत्र मजबुत अवस्थामा रहेको पनि उनले बताएका छन् ।