Banner News

संक्रमणकालीन न्यायलाई सहमतिमै टुंग्याउन शीर्ष नेताको जोड



काठमाडौँ, ८ पौष । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबिच संक्रमणकालीन न्यायसम्बन्धि विधेयकलाई सहमतिमै अघि बढाउनेबारे छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच संक्रमणकालीन न्यायलाई सहमतिमै टुंग्याउने विषयमा आज बालुवाटारमा छलफल भएको बताइएको छ ।

आज संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा नेताहरुबिच छलफल भएको र सोमबार बेलुका चार बजे पुन: अर्को बैठक बसेर छलफल गर्ने सहमति भएको छ ।