समाचार

१० जना जुवाडे पक्राउ



काठमाडौँ, ११ पौष । जुवातास खेलिरहेको अवस्थामा राजधानीबाट १० जना पक्राउ परेका छन् । 

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले काठमाडौँ महाराजगंज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाईट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसहित १० जनालाई मंगलबार राति पक्राउ गरेको हो ।

उनीहरूलाई नगद ५५ हजार ३ सय नेपाली रूपैयाँ, ८ हजार भारतीय रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।