मनोरञ्जन

फिल्म हलहरूलाई इजाजत पत्र नवीकरण गर्न बोर्डको निर्देशन



काठमाडौँ, १२ पौष । चलचित्र विकास बोर्ड चलचित्र घर (फिल्महल)हरुलाई इजाजत पत्र नवीकरण गरेर मात्र चलचित्र प्रदर्शन गर्न निर्देशन दिएको छ ।

आज एक सूचना जारी गर्दै बोर्डले ३५ दिनभित्र इजाजत पत्र नवीकरण गर्न समय सीमा तोकेको हो । सूचनामा भनिएको छ–नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावली, २०५७ बमोजिम चलचित्र विकास बोर्डबाट लिनुपर्ने इजाजत पत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरी गराई अद्यावधिक रहेर मात्र चलचित्र घर सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैलाई  सूचित गरिन्छ ।