राजनीति

भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबिच भेटवार्ता



काठमाडौँ, १९ पौष । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबिच भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटमा दुई देशबिच हुन गइरहेका विभिन्न सम्झौताबारे छलफल भएको बताइएको छ । परराष्ट्र मन्त्री साउदकै निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन मन्त्री जयशंकर नेपाल आएका हुन् ।