समाचार

आजको मौसम



काठमाडौँ, २१ पौष । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञानले जनाएको छ ।

विज्ञानका अनुसार अहिले कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेश लगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने जनाएको छ । यसका साथै देशभरको तापक्रम घटेर चिसो बढ्ने क्रममा रहेकाले यसबाट बच्ने उपाय अपनाउन विज्ञानले सबैमा अनुरोध गरेको छ ।