समाचार

एक पुरुष मृत अवस्थामा फेला



झापा, २१ पौष । झापाको शिवसताक्षी नगरपालिका–१० माईधारस्थित कन्काई खोलाको किनारमा एक पुरुष मृत फेला परेका छन् ।

शुक्रबार मृत अवस्थामा फेला परेका करिब ४५ वर्षीय पुरुषको नाम, थर र वतन नखुलेको  प्रहरीले जानकारी दिएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।