राजनीति

बागमतीबाट एमालेका चार नेताद्वारा उम्मेदवारी दर्ता



हेटौँडा, २३ पौष । राष्ट्रियसभा सदस्य बागमती प्रदेशतर्फका ४ पदका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

एमाले दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।

चौलागाईंले महिला कोटाबाट मनोनयन दर्ता गरेकी छन् भने देवकोटाले अपाङ्ग, विश्वकर्माले दलित र पौडेलले अन्य क्लस्टरमा उम्मेदवारी दिएका छन् ।