राजनीति

जसपाको केन्द्रीय समिति बैठक आह्वान



काठमाडौँ, २३ पौष । जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबारका लागि केन्द्रीय राजनीतिक समितिको बैठक आह्वान गरेको छ ।

यही पुस २५ र २६ गते ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार, उक्त बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुनेछ ।

साथै, पार्टीका नेताहरूको सक्रियतामा भएका कार्यहरूको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत हुने बस्नेतले बताए । उनका अनुसार, यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ । रासस