राजनीति

नेपाल स्काउटको निर्वाचन स्थगित



काठमाडौँ, २३ पौष । नेपाल स्काउटको निर्वाचन प्रकृया स्थगित भएको छ ।

आज नेपाल स्काउटका प्रमुख तथा राष्ट्रिय परिषद्का अध्यक्ष युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको अध्यक्षतामा बसेको बैठकले हाल प्रकृयामा रहेको निर्वाचनलाई स्थथगित गर्ने निर्णय गरेको हो । निर्वाचन प्रकृयाका सम्बन्धमा गुनासो तथा उजुरीहरुलाई दृष्टिगत गरी राष्ट्रिय तदर्थ समितिद्वारा घोषणा गरिएको निर्वाचन स्थगित गर्न निर्देशन दिएको छ । त्यस्तै प्रकृया पुरा गरी ३५ दिनभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ ।