अर्थ

विद्युत प्राधिकरणले बक्यौता किस्ताबन्दीमा बुझाउन दियो ६० दिनको समय



काठमाडौँ, २४ पौष ।  नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल रकम बुझाउन ६० दिनको समय दिएको छ ।

प्राधिकरणले मंगलबार सूचना निकाल्दै तिर्न बाँकी बक्यौता रकम ६० दिनभित्र किस्तामा तिर्न सकिने बताएको हो । यही पुस १६ गतेको प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो ।

निर्णय अनुसार प्राधिकरणका विभिन्न संचरणाबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिनेछ । यो सेवा लिनका लागि प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिन सूचना जारी गरिएको छ ।