राजनीति

जसपाले बोलायो केन्द्रीय राजनीतिक समितिको बैठक



काठमाडौँ, २४ पौष ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । भोलिदेखि सुरु हुने दुई दिने बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेको लागि बोलाइएको छ । बैठकमा राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन प्रस्तुत हुनेछ ।

 त्यसैगरी पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा र आ आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरुको प्रगति विवरण प्रतिवेदन प्रस्तुत हुने छ । पुस २७ गते केन्द्रीय समितिको बैठक बस्ने छ ।