राजनीति

व्यवस्था फेर्न जनआन्दोलनको तयारी गर्दै छौँ : अध्यक्ष थापा



पोखरा, २४ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको शासकीय व्यवस्थालाई फेर्नका लागि जनआन्दोलनको तयारी गरिएको बताएका छन् । सकेसम्म दलहरूबिच सहमति र सहकार्यमा परिवर्तन गर्ने र नभए जनआन्दोलन गर्न पनि पछि नहट्ने उनको चेतावनी छ ।

उनले भने, ‘यो परिवर्तनलाई संस्थागत गर्न दलहरूबिच सहकार्य हुनुपर्छ । दलहरू तयार हुने हो भने यही संविधानबाट यो परिवर्तनलाई संस्थागत गर्न सकिन्छ,’ ‘यदि सहमति र सहकार्यबाट परिवर्तन नगर्ने हो भने जनआन्दोलन नै अन्तिम विकल्प रहनेछ । राप्रपा नेपालले जनआन्दोलनको प्रारम्भिक तयारी समेत गरिसकेको छ ।’ उनले आन्दोलन एउटा पार्टीको मात्रै नभई बृहत् रूपमा अघि बढ्ने बताए ।

‘आन्दोलन एउटा पार्टीको मात्रै नहोस् भनेर वृहत् राष्ट्रिय मोर्चाको अवधारणा अघि सारेका छौँ,’ उनले थपे, ‘देशमा क्रियाशील राष्ट्रवादी, देशभक्त, हिन्दुवादी, राजावादी सबैलाई आह्वान गरेका छौँ ।’