Banner News

रविले भने–चुनाव हारेकालाई राष्ट्रिय सभा उम्मेदवार बनाउनु राजनीतिक व्यवस्था माथिकैप्रहार हो



काठमाण्डौ,२४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले चुनावमा पराजित भएकाहरूलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउनु राजनीतिक व्यवस्था माथिकै गम्भीर प्रहार भएको बताएका छन्।चुनाव हारेकाहरू राष्ट्रिय सभा उम्मेदवार भएकोमा लामिछानेले आपत्ति पनि जनाएका छन्।२०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनाव हारेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालगायत माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार छन्।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदसमेत रहेका लामिछानेले चुनाव हारेकालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने कुराले यो व्यवस्थामाथि गम्भीर प्रहार गरेको बताए।

उनले राज्यका सबै जिम्मेवार निकायमा मेरिटका आधारमा चयन गरिनुपर्ने बताए। संवैधानिक परिषदको सदस्यहरुको नियुक्ति पनि मेरिट बेसको आधारमा गर्ने भनेर संविधान र कानूनमै व्यवस्था हुनुपर्ने उनको भनाइ छ।

लामिछानले राष्ट्र र जनताका लागि आवश्यक मान्छे छान्ने काम मेरिट बेसको आधारमा चयन गर्ने मान्यता विश्वव्यापी भएको पनि बताएका थिए।

‘चुनाव हारेका मानिसहरू राष्ट्रिय सभामा उठिरहेका छन्,’ उनले भने, ‘तपाईंहरुले मुटुमाथि ढुंगा राखेर पार्टीको निर्णय मान्नुपर्ने अवस्था आएको छ नि१त्यसैगरी तपाईंको मुटुमा अर्को ढुंगा बस्छ। फेरि अर्को ढुंगा राखेर तपाईहरु हाँस्नुपर्ने अवस्था आउँछ। मलाई विश्वास छ–यहाँहरुको पुस्ताले लडेर हाम्रो पुस्ताले त्यो सौभाग्य प्राप्त गर्न सकेन व्यवस्था परिवर्तनका लागि। गोली थाप्ने, छाती थाप्न अगाडि बढन पाएन। मौका परे हामी पनि चुक्दैनौं। त्यसका लागि हामी पनि गोली थाप्छौं। तर त्यसरी गोली थापेर ल्याएको व्यवस्थामा यत्रो उपहास भइरहँदा खेरि व्यवस्थामाथि यत्रो आक्रमण भइरहँदा यहाँहरुले गर्ने प्रतिवाद खोइ त?
उनले व्यवस्थालाई थिलथिलो बनाउने काम भएको पनि बताए।