Banner News

भारतलाई एकपक्षीय आयोजना छनोट गर्ने अधिकार छैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, २५ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय परराष्ट्र मन्त्री नेपाल आएका बेला भएका सम्झौताबारे धेरै तनाव लिनुपर्ने अवस्था नरहेको प्रस्टीकरण दिएका छन् ।

आज संसद्को कानुन समिति बैठकमा नेपाल भारत सम्झौताबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले चाहेको बेला यस्ता सम्झौताहरू गर्न सक्ने प्रस्ट पारे ।

उनले भने, ‘त्यसकारण यो परिस्थितिमा यो सम्झौताबारे धेरै तनाव लिनुपर्ने स्थिति छैन । नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय लिन सक्छ ।’, हालै भारतसँग भएको सम्झौतामा भारतलाई एकपक्षीय आयोजना छनोट गर्ने अधिकार समेत नभएको बताए ।

भारतीय विदेश मन्त्री डा.एस जयशंकरको नेपाल भ्रमणका क्रममा भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजना सिधै समुदायमा सञ्चालन गर्न सक्ने लगायतका चार बुँदे सम्झौताको आलोचना भएपछि प्रधानमन्त्रीले प्रस्ट पारेका हुन् ।