समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काभ्रे, १२ माघ । काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गए राति करिब साढे ११ बजे बनेपा नगरपालिका–७, धनेश्वर पुलमा बा७०प ३७७९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा बनेपा–८ का २३ वर्षीय मोटरसाइकल चालक सरोज श्रेष्ठ घाइते भएका थिए । उपचारका निम्ति उनलाई धुलिखेलस्थित शिर मेमोरियल अस्पतालमा पठाइएको थियो ।

राति नै अस्पतालमा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा छ ।