राजनीति

अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबीच भेट



काठमाडौँ, १३ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् ।

शनिबार ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा भएको भेटमा उनीहरूबीच नेपाल–चीन तथा एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीच सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए । उनका अनुसार, पार्टी अध्यक्ष ओलीले विगतमा चिनियाँ कम्युनिस्ट पार्टीसँग एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयन गर्न आग्रह गरे ।

उपमन्त्री सुन हायानले पनि दई देशबीच उच्च राजनीतिक तहमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको एमाले विदेश विभाग प्रमुख भट्टराईले बताए । उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र)को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् । रासस