राजनीति

जसपासम्बद्ध समाजवादी युवा संघ बागमती प्रदेश समिति पुनर्गठन



काठमाडौँ, १४ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघको बागमती प्रदेश समिति पुनर्गठन भएको छ । ललितपुरको थसी व्याङ्क्वेटमा शनिबार आयोजित भेलाले राजकिशोर महर्जनको अध्यक्षतामा ३१ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षमा उमा ताम्राकार, मैया काफ्ले क्लाउद्दीन अन्सारी मुख्यसचिवमा डेनी शेर्पा सचिवमा विनय तामा र विजेश प्रजापती चयन भएका छन् ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुख रमेशबाबु श्रेष्ठ, राजनीतिक समिति सदस्य न्हुच्छेलाल महर्जनलगायत उपस्थित रहेका थिए ।