राजनीति

काठमाडौँ महानगरमा पनि सुरु भयो स्वास्थ्य बिमा कार्यक्रम 



काठमाडौँ, १५ माघ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ ।

महानगरभित्रका पाँचवटा आधारभूत प्रवर्धन केन्दलाई प्रथम सेवा बिन्दु तोकेर स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो । महानगरवासीलाई माघ ८ गतेदेखि नै बिमा गराउन थालिएको स्वास्थ्य विभागका बिमा फोकल पर्सन कमलप्रसाद भट्टराईले जानकारी दिए । तर, बिमा कार्यक्रमको नियमअनुसार बिमितले जेठ १ गतेदेखि मात्रै सेवा पाउने छन् । 

महानगरका वडा नम्बर ८, १३, १४, १९ र ३० मा रहेका प्रवर्धन केन्द्रबाट सेवा प्रवाह गर्ने तयारी भएको भट्टराईले बताए ।

स्वास्थ्य बिमा कार्यक्रम अब काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा मात्रै लागु हुन बाँकी छ ।