समाचार

चालक ‘निदाउँदा’ गाडी पल्टियो



काठमाडौँ, १६ माघ । सिन्धुलीमा गाडी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

प्रहरीका अनुसार आज बिहान करिब २ बजेर ५० मिनेटमा वाग्मती प्रदेश ०१–००६ ख ६१२४ नम्बरको इलेक्ट्रिक हायस गाडी दुर्घटना हुदा भोजपुरकी ४२ वर्षीया रचना राई र काभ्रेका २७ वर्षीय सागर लामा घाइते भएका छन् । उपचारका निम्ति घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा पठाइएको छ । अरू यात्री सकुशल रहेका प्रहरीले जनाएको छ ।

सुनसरीबाट काठमाडौँतर्फ आउँदो गरेको गाडी दुर्घटना भएको हो । सिन्धुलीको दुधौली नगरपालिका–२, झुंगामा उक्त गाडी दुर्घटना भएको हो । दुर्घटना हुँदा हायसमा चालकसहित १५ जना सवार थिए । चालक निदाउँदा गाडी पल्टिएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा क्षति पुगेको र नचल्ने अवस्थामा दुर्घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।