राजनीति

हृदयाघातका कारण न्यायाधीश मरासेनीको निधन 



काठमाडौँ, १६ माघ । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासेनीको निधन भएको छ । 

अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार हृदयाघातका कारण न्यायाधीश मरासेनीको निधन भएको हो । उनी मरासेनीको मृत्युको खबर सुनेपछि नेसनल हस्पिटल कलंकी पुगेका थिए । 

उच्च अदालतको न्यायाधीश नियुक्त भएर अघिल्लो साताबाट मात्र काम थालेका मरासेनी लामो समय जिल्ला न्यायाधीश भएर काम गरेका थिए ।