मनोरञ्जन

अभिनयबाट ब्रेक लिँदै प्रभास



मुम्बई, १७ माघ । अभिनेता प्रभास अब केही समयका लागि अभिनयबाट ब्रेक लिँदै छन् ।

प्रभासले ‘सालार’को सफलतापछि केही समयका लागि अभिनयबाट ब्रेक लिने निर्णय लिएका हुन् । अर्को फिल्म ‘कल्की २८९८ एडी’ अघि प्रभासले यो निर्णय किन लिए भन्ने कारण पनि छ । प्रभासले ‘माइण्ड फ्रेस’ र स्वास्थ्यका कारण अभिनयबाट ब्रेक लिएका हुन् ।

 उनी आफ्नो करियरमा अझ बढी केन्द्रित हुन र आन्तरिक शक्ति बढाउन ब्रेक लिन लागेका हुन् । उनी अब नयाँ तरिकाबाट करियरलाई अगाडि बढाउन चाहन्छन् ।