राजनीति

टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना : प्रमुख दाहाल



चितवन, १८ माघ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको बताउनुभएको छ ।

सिद्धार्थ माध्यमिक विद्यालय भरतपुर २४ को ४४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रमुख दाहालले ‘ग्रास लेभल’ बाट खेलाडी उत्पादन गर्न यही माघ २६ देखि मेयर कप विद्यालय स्तरीय क्रिकेट हुन लागेको स्पष्ट पारिन् ।

‘३ महिनासम्म प्रतियोगिता हुन्छ,उनले भनिन्,‘प्रतियोगिता प्रशिक्षण पनि हुनेछ । खेलकुदका पूर्वाधार भरतपुरमा धेरै बनेका छन् । खेल खेलाउन बाहिरबाट खेलाडी ल्याउन नपरोस् भनी लिग हुन लागेका हो ।’

गौतमवुद्ध क्रिकेट रङ्गशालाको नमुना क्रिकेट मैदानमा हुने खेलमा १० वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालय सहभागी हुनेछन् ।