राजनीति

जति नै विरोध गरे पनि गठबन्धन भत्किने वाला छैन : माधव नेपाल



धनुषा, १८ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको जति नै विरोध गरे पनि गठबन्धन नभत्किने बताएका छन् । 

आज धनुषामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धन कतिपयलाई नपचेको भन्दै जति नै प्रयास गरे पनि पाँच वर्षसम्म गठबन्धन चल्ने बताए । 

उनले भने, ‘यो गठबन्धन कतिपयलाई पचिरहेको छैन, बान्ता नै भइरहेको छ । गठबन्धनको नाम सुन्ने बित्तिकै वाक्क दिक्क मान्छन् । तर उनीहरू जतिसुकै गठबन्धनको विरोधमा लागे पनि गठबन्धन भत्किने वाला छैन । पाँच वर्षसम्म गठबन्धन रहन्छ,’ उनले अगाडि भने,‘ गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व दिन्छ र जनताको इच्छा बमोजिमअनुसार सुशासन कायम गर्छ । भ्रष्टाचारलाई नियन्त्रण गर्न कटिबद्ध छ । भ्रष्टाचारीलाई कारबाही गरोस् भन्ने कुरामा सरकार अगाडि बढोस् भन्ने हाम्रो पनि चाहना छ ।’