समाचार

आइतबार सार्वजनिक बिदा



बुटवल, १८ माघ । लुम्बिनी प्रदेशमा माघ २१ गते आइतबार सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक बिदा दिइएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ । २०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने गरिएको छ ।