राजनीति

अध्यादेश फिर्ता लिन मुख्यमन्त्री कार्कीलाई एमालेको पत्र



विराटनगर, १८ माघ । कोशी प्रदेश सरकारले गत माघ ६ गते जारी गरेको अध्यादेश फिर्ता लिन भन्दै नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीलाई पत्राचार गरेको छ । 

एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री कार्कीलाई ‘केही प्रदेश ऐन संशोधन अध्यादेश’ फिर्ता लिन आग्रह गरेका हुन् । अध्यादेशबाट सरकारले ६ वटा ऐन संशोधन गरेको थियो । अध्यादेशमार्फ प्रदेशसभाका पदाधिकारी थप गर्ने, प्रदेश मातहतका सरकारी अस्पतालको व्यवस्थापन समितिको नेतृत्वबाट जिल्ला समन्वय समितिका प्रमुखलाई हटाउनेसहितका व्यवस्था गरिएको छ ।