राजनीति

रास्वपा संसदीय दलको बैठक बस्दै



काठमाडौँ, १९ माघ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । आजको बैठकमा हिउँदे अधिवेशनमा पार्टी कसरी संसद्मा प्रस्तुत हुने भन्ने बारेमा छलफल हुनेछ । साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।