राजनीति

जसपाको शेर्पालुङ राष्ट्रिय समिति पुनर्गठन



काठमाडौँ, २० माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शेर्पालुङ राष्ट्रिय समिति (बागमती प्रदेश) पुनर्गठन भएको छ ।

शुक्रबार दोलखाको जिरीमा आयोजित कार्यक्रममबाट दावा शेर्पाको अध्यक्षतामा २५ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा नुर्बु शेर्पा, दिर्घमान तामाङ, ल्हमु शेर्पा र मुख्यसचिव महेशकुमार राना मगर सचिव फुर्पु छिरिङ ल्होमी, राज लामा शेर्पा र कोषाध्यक्षमा दोर्जे शेर्पा गोरे चयन भएका छन् ।

त्यस्तै सोही कार्यक्रमबाट समितिको कार्यकारिणी सदस्यमा सोनाम टासी शेर्पा, सार्की शेर्पा, काले शेर्पा पिनासा र छोङ्बा शेर्पालाई मनोनयन गरिएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुले नवगठित समितिसहितका नेता, कार्यकर्ताहरुलाई आज प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।