समाचार

लागूऔषधसहित दुई जना पक्राउ



काठमाडौँ, २१ माघ । अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्रामसहित कन्चनपुर महेन्द्रनगर नगरपालिका-३ बस्ने २९ वर्षीय तिर्थराज पन्थ समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले क.प्र.००२ प ३७६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।